२०८१ बैशाख ४ , मंगलबार

एसईईमा सहभागी विद्यार्थीहरुका लागि फुटसल र बास्केटबल प्रतियोगिता हुँदै

सुनाखरी न्युज/ काठमाडौं । युनिग्लोब सेकेन्डरी स्कुल÷कलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता यही असार १६ गते देखि १८ गतेसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल÷कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरिएको हो । फुटसलको विजेता टोलीले नगद रु ५० हजार, उपविजेताले रु ३० हजार र तृतिय हुनेले रु २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै बास्केटबल तर्फ महिला र पुरुष दुवै तर्फ बाट विजेताले २५ हजार, उप विजेताले १५ हजार र तृतिय हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

फुटसलतर्फ ६४ वटाटिम र बास्केटबल पुरुषतर्फ ३२ वटाटिमर बास्केटबलमहिलातर्फ १६ वटा टिम सहभागी हुने छन् । कमलादी स्थित युनिग्लोब कलेजमा पत्रकार सम्मेलन गरी सम्पुर्ण टिमहरुलाई ओरियन्टेसन गरी कार्यक्रमको बारेमा जानकारी दिईएको थियो । उक्त खेलमा यस वर्ष एसईई दिएर बसेकाविद्यार्थीहरुमात्र सहभागिहुन सक्नेछन् भने सहभागिताको लागि कुनै शुल्कन लाग्ने आयोजकले जनाएका छन् ।