२०८३ कार्तिक ९ , आइतवार

टाइगर अभिजिन्दा हे : मन्त्री आले

विमल विष्ट/ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफुलाई टाइगर अर्थात बाघको संग्या दिनु भएको छ । आफ्नो पदबाट नेकपा (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधबकुमार नेपाललाई राजीनामा पत्र बुझाएर आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्नु भइ मन्त्री आलेले आफ्नो नौ महिने कार्यकालमा भएका सबै काम बारे जानकारी दिने क्रममा आफुले बाघ जस्ते भएर काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले नौ महिनामा धेरै राम्रा काम गरेको छु, टाइगर अभितक जिन्दा हे ।” मन्त्री पदका हैसियतमा आफुले गरेका कामबाट आफु ९० प्रतिसत सन्तुष्ट भएको समेत उहाँले बताउनुभयो । सोही क्रममा बोल्नु हुँदै मन्त्री आलेले आफ्नो नौ महिने कार्यकालमा भएका सबै काम बारे जानकारी दिनु हुँदै आफुले गरेका कामबाट निकै सन्तुष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको छ, बाँकी अधुरा रहेका कामहरु अब आउने मन्त्री जीले गर्नु हुने छ भन्ने आसा लिएको छु ।” विमानस्थलहरुको स्तरोन्नतीदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नु पर्ने जस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरुका विषयमा मन्त्री आलेले पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो । यसैगरी भिआइपीहरुको हेलीकप्टर उडानमा दुइ पाइलोट अनिवार्य राख्नु पर्ने नियम पनि लागु गराएको मन्त्री आलेले दाबी गर्नुभयो ।

सोही पत्रकार सम्मेलनमा बोल्नु हुँदै मन्त्री आलेले कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिनुभयो । उहाँले थप भन्नुभयो, “मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्, कतिपय काम आफुले चाहेर पनि गर्न सकेन, ती अधुरा काम अन्य दिनमा हुने छन् ।” गठबन्धन सरकारमा बिसं २०७८ सालको असोज २२ गते शुक्रबार मन्त्री आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाउनु भएको थियो । यसैगरी मन्त्री आलेले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै राम्रा तथा जुगौजुग स्मरण गर्ने खालका काम भएको दाबी समेत गर्नुभयो ।

यसवर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्यौलतालाई चिर्न मोदीबाट बुद्धको जन्म नेपालमा नै भएको हो भनेर बोलेको र सो कार्यक्रमको आफू अध्यक्षता गरेको विषयलाई पनि उहाँले आफ्नो सफलता भएको जानकारी दिनुभयो । यसैगरी मन्त्री आलेले नेपालमा पहिलो पटक ५ हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न गरेको र प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गराइएको बताउनुभयो । लुम्बिनीलाई प्राकृतिक बनको रुपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातीका ४० हजार वृक्षारोपण कार्य सम्पन्न गरेको जानकारी दिनुभयो ।

यसैगरी पशुपति क्षेत्रमा विश्वरुपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्ताहरुमा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रङगरोगन सरसफाई गरिएको र अन्य वर्षको तुलनामा गत बर्षको शिवरात्री भव्य र सभ्य रुपमा सफल भएको मन्त्री आलेले उल्लेख गर्नुभयो । नेपालबाट हराएका ८६ वटा मुर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको समेत मन्त्री आलेले उक्त पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।