२०८१ बैशाख ४ , मंगलबार

कोरोना अपडेट : थप ४९ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको सङ्ख्या शुन्य

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको हो।

 

१ हजार २ सय ३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २ सय ६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, बिहीबार थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८ सय ६६ पुगेको छ ।

 

योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार ३४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।