२०८१ बैशाख ७ , शुक्रवार

छुट्टाछुट्टै स्थानमा ५ जना मृत अवस्थामा फेला

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं – बुढानिलकण्ठ नगरपालिका-८ भंगालस्थित निर्माणाधिन घरमा निर्माणको काम गर्ने सोही नगरपालिका-३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेकी छिन् ।

कास्की – पोखरा महानगरपालिका-३२ मालमुल फाटको भष्मेटो भिरको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय पुष्पराज तिवारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ – लमही नगरपालिका-१ सुनडबरी बस्ने ६५ वर्षीय मान बहादुर सार्की छिमेकीको घरको आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

स्याङ्जा – आधिखोला गाउँपालिका-६ साम्दीखोलास्थित खेतमा सोही गाउँपालिका-२ ओईया बस्ने ५५ वर्षीय रेशम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा – वीरगंज महानगरपालिका-१६ स्थित माईडिया पोखरी नजिकै हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।