२०८१ बैशाख ८ , शनिवार

मुल्य वृद्धि विरुद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन सडकमा

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले नेपाल आयल निगमद्वारा गरिएको पेट्रोल, डिजेल, मट्टितेलको मुल्य वृद्धि विरुद्ध आज काठमाडौमा प्रदर्शन गरेको छ ।

 

आइतबार रातिदेखि लागु हुनेगरी सरकारले इन्धनमा भारी मूल्य वृद्धि प्रति राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष फणी राज लोहनी राजुले सरकारको कदमप्रति आपत्ति जनाएका छन्। पेट्रोलियम पदार्थको मूल्य बढाउँदा अन्य सामाग्रीको पनि मूल्य बढ्ने भएकाले जनताको जीवन कष्टकर भएकोले सरकारले इन्धनको मूल्य तत्काल फिर्ता लिनुपर्ने राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको माग छ । यदि सरकारले मूल्यवृद्धि फिर्ता नलिए देशभर आन्दोलन गर्ने राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष राजु लोहनीले चेतावनी दिएका छन् ।

 

भृकुटीमण्डप बाट सुरु भएको मसाल जुलुस सहिदगेट हुँदै सुन्धारा पुगे पछी प्रहरीको लाट्ठी चार्च बाट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका उपाध्यक्ष गुणराज राज भणडारी लगाएतका सङ्गठनका सदस्यहरु घाईत भएका छन । प्रदर्शनमा प्रहरी हस्तक्षेपको फणी राज लोहनी राजुले  भर्त्सना गरेका छन । यो आन्दोलन मूल्य वृद्धि फिर्ता नभए सम्म जारी रहने लोहनिको भनाई छ ।

 

सरकारले पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ, डिजेल र मट्टितेलमा २७ रूपैयाँ बढाएकाे छ । इन्धनकाे मूल्य बढेसँगै सार्वजनिक यातायात र हवाइ भाडा समेत बढेकाे थियो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।