२०८१ बैशाख ६ , बिहिवार

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

सुनाखरी न्युज/ काठमाडौं । टेलिभिजन कार्यक्रम छाडेर राजनीतिमा आएका रवि लामिछानेले आफ्नो आगामी यात्राबारे औपचारिक घोषणा गरेका छन ।

 

लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् ।

 

राष्ट्रियसभा गृहमा भइरहेको कार्यक्रममा उनले आफ्नो राजनीतिक यात्रा र पार्टिको नाम घोषण गरेका छन । पार्टिको नाम राष्ट्रीय स्वतन्त्र पार्टी घोषणा गरेका छन । पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानेले राजनीतिक यात्राबारे विस्तृत जानकारी दिँदैछन्।