२०८१ बैशाख ७ , शुक्रवार

आजको कलम र सोच, राजनीति बाट अलग एउटा बेग्लै सन्दर्भ अनि परिवेश

किरण गिरी । जिबनमा सुख होइन , आनन्द लिउं । सदा सकारात्मक र आशावादी बनौं । जिबनको सत्य ” मृत्यु ” मात्र रहेछ , एक चोटि गम्भीर भएर पढौं अनि सोचौं , जिबनको एउटा बास्तबिकता यो नै हो ।

श्रोत-सामाजिक संजालबाट साभार गरिएकाे :-
विश्व प्रसिद्ध फेशन डिजाइनर, ब्लगर एवम् लेखिका किर्जिदा रोड्रिग्जले क्यान्सरबाट निधन हुनुअघि लेखेको नोट :-
१) ” दुनियाँको सबैभन्दा महंगो ब्राण्डका कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ ।
२) मेरो घर अनेकौं डिजाइनका कपडा, जुत्ता, महँगा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ ।
३) बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन् तर अब त्यो पैसा मेरो लागि कुनै कामको छैन ।
४) मेरो घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छु ।
५) म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थें तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेकी छु ।
६) मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएकी छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ ।
७) मेरो कपाललाई सजाउनको लागि मसँग सातजना ब्यूटीशियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन ।
८) म एक निजी जेटमा जहाँ चाहे त्यहाँ उड्न सक्थें तर अब मलाई अस्पतालको बरण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ ।
९) विश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।
यो घर, यो कार, यो जेट, यो फर्निचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यिनीहरु अब मेरो लागि कुनै कामका छैनन् ।
यी मध्ये कुनैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन् । यिनीहरूले केवल दिन सक्छन् त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श !
साथीहरु, मृत्यु भन्दा अधिक सत्य केही पनि छैन अनि किन गर्छन् मान्छेहरू सम्पत्ति र पदको घमण्ड ? ”

जिबन र जगत को यथार्थता र बास्तबिकता आत्मसात गरेर यो धरातलमा हामीले पनि आफुलाइ समायोजन र ब्यबस्थापन गर्न सक्यौं भने पनि एक हद सम्म सफलता का साथ जिउन सक्छौं । सकारात्मक र रचनात्मक भएर आनन्द साथ जिउन सक्छौं । यसैले म भन्छु , आडम्बर र ज्यादा भौतिकता होइन सरल अनि सहजताका साथ सदा सकारात्मक र रचनात्मक भएर जिउं । हरदम उर्जावान र सक्रिय रहौं ।

लेखन तथा संयोजन – नेपाली कांग्रेसका नेता एबं निबर्तमान केन्द्रीय सदस्य ।