२०८० चैत्र १५ , बिहिवार

बालबालिका राष्ट्रको सुनौलो भविष्य हुन्, उनीहरुलाई श्रम गराउनु कानुनी अपराध हो

 रमेश सिलवाल । बालबालिकालाई देशको भविष्य भनिन्छ । कुनै पनि देशका बालबालिका शिक्षित र स्वस्थ भए त्यस देशकोउन्नति र प्रगति हुन्छ । अनि देशमा समृद्धि आउनेछ । तर, बालबालिकाले बाल्यकाल देखि नै किताब छाडेर कलकारखानामा काम गर्नथाले भने देश र समाजको भविष्य उज्यालो हुँदैन ।

 

महानगर र सहरका कन्भेन्ट स्कुलहरूमा रंगीन युनिफर्म लगाएका र हाँसि रहेका बालबालिकाहरू देख्दा कसलाई खुसी लाग्दैन। तर यो देशका बालबालिकाको वास्तविक तस्वीर होइन । यस्ता बालबालिकाको संख्या निकै कम छ । आज पनि देशका लाखौ बालबालिका विद्यालयको सट्टा कलकारखाना, रेस्टुरेन्ट र जोखिमपूर्ण उद्योगमा काम गरिरहेका छन् । जहाँ दुई पेटको अवस्थामा उनीहरुको बाल्यकाल र भविष्य बर्बाद भइरहेको छ । नेपालमा मात्रै होइन, विश्वभरका बालबालिका पढाइ छोडेर काम गर्न बाध्य छन् ।बालबालिकाका अभिभावकले उनीहरुलाई आफ्नो व्यवस्था अनुसार होटल, कोठरी र अन्य कारखाना आदिमा काम गर्ने ठेकेदारलाई थोरै पैसामा बेच्छन् । उनीहरूका रोजगार दाताहरूले बच्चाहरूलाई थोरै खाना दिएर मनमानी काम गर्न लगाउँछन्। १८ घण्टा वा सोभन्दा बढी काम गर्ने, आधा पेट खाने र आफूले चाहेको काम नगरेकोमा कुटपिट गर्ने उनीहरुको जीवन बन्न पुग्छ ।

 

 

घरायसी काम मात्रै होइन,ईटा उद्योग , गलैंचा बुन्ने, वेल्डिङ, ताला बनाउने, चुरोट बनाउने, खेतमा काम गर्ने, ढुङ्गा बनाउने काममा पनि यी बाल मजदुरहरू कार्यरत छन् । खानी, सिमेन्ट उद्योग, औषधि उद्योग र होटल तथा रेस्टुरेन्टको भाँडाकुँडा धुने जस्ता सबै काम मालिकको इच्छा अनुसार गर्नुपर्छ । यी सबै काम बाहेक फोहोर उठाउने, फोहोर पोलिथिन झोला उठाउने जस्ता धेरै काम छन् जहाँ यी बालबालिकाले आफ्नो बाल्यकाल नरहने, नरक भोगेर परिवारलाई खुवाउँछन् । यस्ता बाल मजदुरसँग सम्बन्धित अर्को समस्या पनि छ, धेरै पटक यस्ता बालबालिका बेचबिखन आदिमा पनि संलग्न हुन्छन् । उनीहरुको बाध्यताको फाइदा उठाएर लागुऔषध ओसारपसार लगायतका गतिविधिमा संलग्न हुने गरेको छ ।

 

हरेक वर्ष जुन १२ लाई विश्वभर बाल श्रम विरुद्धको विश्व दिवसका रुपमा मनाइन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ ले १९ वर्षअघि बालश्रम अन्त्य गर्न थालेको थियो । यो दिवस मनाउनुको उद्देश्य बालबालिकालाई ज्याला नबनाएर शिक्षा र शिक्षामा लाग्न सचेत गराउनु हो तर २०२१ को कोरोना अवधिमा विश्वभर १६ करोड बालबालिका बालश्रमको चपेटामा परेका छन् । यो प्रतिवेदनमा अहिले को महामारीका कारण लाखौं बालबालिकाको ज्यान जोखिममा रहेको पनि उल्लेख गरिएको छ । सरकार, रोजगारदाता र श्रमिक संघसंस्था लगायत विश्वभरका लाखौं मानिसलाई बालश्रम रोक्न हरेक वर्ष सचेत गराइन्छ, तै पनि उनीहरुको संख्या बढ्दै गएको छ ।बालबालिकालाई सहयोग गर्न धेरै अभियानहरू पनि चलाइन्छ। धेरै बालबालिका छन् जसले सानै उमेर मा आफ्नो बाल्यकाल गुमाउँछन्।

 

विश्वको कुरा गर्ने हो भने बाल श्रम विरूद्व अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा जारी गरिएको बाल श्रमस् २०२० को अनुमान, प्रवृत्तिर यस पछिको बाटो शीर्षकको उक्त प्रतिवेदनले बाल श्रमको अन्त्य गर्नेतर्फ भईरहेको प्रगति विगत २० वर्षमा पहिलो पटक रोकिएको हुनाले सन् २००० देखि २०१६ सम्म बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले कमी आएको अवस्था उल्टिने खतरा रहेको चेतावनी दिएको छ। हाल विश्वभरि रहेका बाल श्रमिकहरू मध्ये ५ देखि ११ वर्ष बीचको उमेर समुहका बाल श्रमिकको संख्यामा उल्लेख्य मात्रा मा वृद्वि भई उनिहरुले आधा भन्दा बढी हिस्सा लिईसकेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । श्रमिकको स्वास्थ्य, सुरक्षा तथा मनोसामाजिक अवस्थामा असर पार्न सक्ने भनि परिभाषित जोखिमपूर्ण कार्यमा संलग्न ५ देखि १७ वर्ष उमेर समुहका बालबालिकाको संख्यामा २०१६ यता ६५ लाखले वृद्वि भई ७ करोड ९० लाख पुगेको छ।

 

त्यसतै महामारीको असर स्वरूप २०२२ को अन्त्य सम्ममा थप ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिममा रहेको कुरा पनि प्रतिवेदनमा औंल्याईएको छ। सामाजिक सुरक्षामा पहुँच पुग्न नसकेको खण्डमा भने उक्त संख्या ४ करोड ६० लाख पुग्ने कुरा पूर्वानुमान अध्ययनले देखाएको छ। नेपालमा बाल श्रम उन्मुलन तर्फ भईरहेको प्रगति पनि वर्तमान महामारीको अवस्थाले गर्दा अवरुद्व हुन सक्छ। अन्तर्राष्ट्रिय श्रम संगठन रतथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बाल श्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको कुरा उल्लेख गरेको छ।

 

खतरायुक्त काम गरिरहेका बालबालिकाको संख्या २००८ मा ६ लाख २० हजार रहेकोमा २०१८ मा २ लाख २० हजारमा झर्दै उल्लेख्य मात्रा मा कमी आएको छ। यी उपलब्धिहरू अहिलेको कोभिड -१९ महामारीका कारण सृजना भएका चुनौतीका कारण जोखिममा रहेका छन्।

 

लेखक रमेश सिलवाल बालबालिकाको क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन भिजन नेपाल नामक संस्थाका अध्यक्ष हुन् ।उनलाई २०७७ साल मा नेपाल सरकारले समाज सेवा रत्न पदकबाट समेत विभूषित गरेको थियो ।