२०८१ बैशाख १३ , बिहिवार

१५ दिनमा तीन नायिकाको आत्महत्या : दुईलाई प्रेममा धोका, अर्की साथीले आत्महत्या गरेपछि झुण्डिइन्

सुनाखरी न्युज/ काठमाडौं –

बंगाली मोडल मञ्जुषा नियोगीको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ । मञ्जुषाको शव पटोलीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । हाल प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

 

पछिल्लो १५ दिनमा बंगाली फिल्म उद्योगका ३ अभिनेत्रीको मृत्यु भएको छ । मञ्जुषाकी साथी तथा अभिनेत्री बिदिशा दे मजुमदारले केही दिन अघि आत्महत्या गरेकी थिइन् । १५ मेमा पल्लवी डेको शव उनको फ्ल्याटमा भेटिएको थियो । उदीयमान मोडल र अभिनेत्रीको आत्महत्याको खबरले बंगाली उद्योगमा सबैलाई स्तब्ध बनाएको छ ।

प्रहरीको अनुसन्धान

शुक्रबार बिहान मञ्जुषा कोठाबाट बाहिर नआएपछि उनका आमाबुवाले छोरीलाई फोन गरेका थिए । कुनै प्रतिक्रिया नआएपछि मञ्जुषाका अभिभावक चिन्तित भए र छोरीको सुत्ने कोठामा छोरीको शव झुण्डिएको अवस्थामा देखे । हाल यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

साथीको मृत्युले मञ्जुषा डिप्रेसनमा थिइन्

मञ्जुषा नियोगी पेशाले मोडल तथा अभिनेत्री थिइन् । मञ्जुषा हालै टिभी शो कांचीमा नर्सको भूमिकामा देखिएकी थिइन् । यसका साथै उनले धेरै शोमा स–साना भूमिका पनि गरिसकेकी छिन् । यसै क्रममा मञ्जुषाकी आमाले उनकी छोरी साथी बिदिशाको मृत्युपछि डिप्रेसनमा रहेको प्रहरीलाई बताइन् ।

 

२१ वर्षीया बिदिशाले गरिन् आत्महत्या

बुधबार साँझ मञ्जुषाकी साथी तथा मोडल बिदिशाको शव दमदमको नगरबजारस्थित उनको भाडाको अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको थियो । बिदिशाको उमेर २१ वर्ष थियो । नायिका डेढ महिनाअघि मात्रै यही फ्ल्याटमा सिफ्ट भएकी थिइन् ।

 

रिपोर्टका अनुसार प्रहरीले बिदिशाको अपार्टमेन्टबाट सुसाइड नोट पनि बरामद गरेको छ । बिदिशाको परिवार र उनका साथीहरुले उनीहरुको सम्बन्धमा केहि समस्या रहेको भन्दै यो कदम चालेको बताएका छन् ।

 

प्रेमीसँग बिग्रँदै गएको सम्बन्धका कारण बिदिशा तनावमा थिइन्

अभिनेत्री एक जिम ट्रेनरसँग सम्बन्धमा रहेको बताइन्छ । यी दुईबीचको सम्बन्ध खासै राम्रोसँग चलिरहेको थिएन, जसका कारण बिदिशा निकै दुःखी थिइन् । बिदिशाका प्रेमीले उनीसँग रिलेसनसिपमा रहेर पनि धेरै केटीसँग डेट गरिरहेको बताइन्छ यसैकारण पनि उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

 

यसबारेमा बिदिशाका एक नजिकका साथीले अभिनेत्रीले आफूसँग बिग्रँदै गएको सम्बन्धबारे पनि कुरा गरेको बताइन् । उनले भनिन्, ‘बिदिशाले आफ्नो व्यावसायिक जीवनमा कुनै समस्या भोग्नु परेन, किनकि उनले लगातार काम पाइरहेकी थिइन् । उनी आफ्नो सम्बन्धकमा लागि चिन्तित थिइन् ।’

 

पल्लवी डेले आत्महत्या गरिन्

पल्लवी डेको पनि यही महिनाको १२ तारिखमा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । अभिनेत्रीको शव आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेको थियो । तर, केही दिनपछि पल्लवीका लिभ इन पार्टनर साग्निक चक्रवर्ती पक्राउ परेका थिए । अभिनेत्रीका परिवारले हत्या गरेको आरोप लगाएका छन् । सोही क्रममा प्रहरीले साग्निकको पहिले नै विवाह भएको भन्दै उनीहरुबीच दिनहुँ झगडा हुने गरेको बताएको छ । एजेन्सी