२०८० चैत्र १६ , शुक्रवार

आज पनि संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं । आज शुक्रबार पनि संघीय संसदअन्तर्गत दुवै सदनका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी हुने कार्यसूची रहेको छ ।