२०८१ बैशाख ४ , मंगलबार

काठमाडौंमा वालेनको जित, दोस्रो स्थानका लागि सिर्जना सिंह र केशव स्थापितको प्रतिस्पर्धा

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकामा मेयरमा बालेन्द्र साह (बालेन)को जित पक्का भइसकेको छ ।

 

केही वडाको मत गणना गर्न बाँकी छँदै मेयरमा बालेनको जित पक्का भइसकेको छ । वडा नम्बर १४, १५ र १६ को गणना चलिरहँदा साहले ५८ हजार २६१ मत पाएका छन् ।

 

दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा देखिएको छ ।

 

नेकपा एमालेका उम्मेदवार स्थापितले ३६ हजार ८५० मत पाएका छन् । सुरुदेखि दोस्रो स्थानमा रहेका स्थापीतलाई उछिनेर सिर्जना दोस्रो स्थानमा आएकी थिइन् ।

 

तर उनी फेरि तेस्रो स्थानमा पुगेकी छन् । उनले ३६ हजार ६०४ मत पिाएकी छन् । राप्रपाका उम्मेदवार मदनकृष्ण श्रेष्ठले भने ५ हजार ८४५ मत पाएका छन् ।

 

उपमेयरमा जित पक्का गरिसकेकी सुनिता ढंगोलले ६५ हजार ५३८ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २२ हजार १६४ मत पाउँदा राप्रपाकी बिनिता मगैयाँले १२ हजार २७३ मत पाएकी छन् ।