२०८१ बैशाख ११ , मंगलबार

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

सुनाखरी न्युज/ काठमाडौं

प्रदेश नं १ को प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ।

 

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन्। उनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त दिन अधिवेशन आह्वान गरेका हुन्।

 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वानसम्बन्धी सूचना उल्लेख छ। रासस