२०८१ बैशाख १४ , शुक्रवार

काठमाडौं महानगरमा बालेन शाहलाई २० हजार मतान्तरका साथ अग्रता, अव ५ वटा वडाको गणना बाँकी

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाको हालसम्म कुल १ लाख ६६ हजार ३ सय १३ मत गणना हुँदा मेयर पदमा १ लाख ३९ हजार ९६५ सदर मत परेको छ। ६५३२ मत पूर्ण बदर भएको छ।

जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन्।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५४ हजार २१२ मत प्राप्त गरेका छन्। अर्थात कुल खसेको सदर मतको ३८।७३ प्रतिशत मत पाएका छन्।

दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार १८० मत अर्थात कुल खसेको सदर मतको २४।४२ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत ल्याएका छन्। अर्थात उनले कुल खसेको मतको २४।०१ प्रतिशत मत ल्याएका छन्।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १० हजार ९६३ मत प्राप्त गरेका छन्। जुन कुल सदर मतको ७।८३ प्रतिशत हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५०८१ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन्। अर्थात उनले कुल खसेको सदर मतको ३।६३ प्रतिशत मत पाएका छन्।

यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ५९५ मत पाएकी छन्। उनले कुल खसेको सदर मतको ०।४३ प्रतिशत पाएकी छन्।

मेयर पदका अन्य उम्मेदवारले हालसम्म १३२४ मत पाएका छन्। अर्थात कुल खसेको सदर मतको ०।९५ प्रतिशत पाएका छन्।

२७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको छ।

अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी छ।