२०८१ बैशाख ७ , शुक्रवार

पेट्रोलियमको मूल्यवृद्धिमाथि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

सुनाखरी न्युज/ काठमाडौं –

पेट्रोलियमको मूल्य बृद्धिबारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसदहरुले दर्ता गरेका छन् । एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् ।

 

उक्त प्रस्तावको प्रस्तावकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।

 

प्रस्तावमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान विरुद्ध गएर पछिल्लो समय हप्तादिनमित्रै दुई पटक बृद्धि गरिएको भन्दै त्यो फिर्ताको माग उनीहरूले राखेका छन् ।