२०८१ बैशाख ७ , शुक्रवार

१३५६९३ मत गन्दा बालेनको मत ४६४७६ पुग्यो, केशव स्थापित तेस्रो स्थानमा

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं महानगरपालिकामा अहिलेसम्म १३५६९३ मत गनिएकोमा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ४६४७६ मत ल्याएका छन् भने दोस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७७९९ मत ल्याएकी छन्।

 

त्यसैगरी उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले २६८६१ मत ल्याएका छन्। काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ रहेको  छ ।