२०८१ बैशाख १३ , बिहिवार

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युगान्डामाथि नेपालको पहिलो जित

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सुरिजमा पाहुना टोली युगान्डामाथि पहिलो जित निकालेको हो । पाँच खेलको टी–ट्वान्टी सिरिजको चौथो खेलमा नेपालले युगान्डामाथि १५ रनको जित निकालेको हो ।

 

 

भिजेको मैदानका कारण ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभरमा ८ विकेट गुमाएर मात्र ८२ रन बनायो ।​ जनेट बाबाजीले सर्वाधिक २१ रनको योगदान गरे । त्यस्तै रिता यान्गेन्दो र इलेन यानिपोले समान १६–१६ रनको योगदान गरे ।नेपालका लागि हिरानमैया रोयले दुई विकेट लिए । त्यस्तै कविता कुँवर, कस्मिना कर्माचार्य र रुविना क्षेत्रीले एक–एक विकेट लिए ।

 

 

यसअघि पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक १७ रन बनाईन् । त्यस्तै विन्दु रावलले १६ रन बनाउँदा सीता राना मगरले ११ रनको योगदान गरिन् ।​ बलिङतर्फ युगान्डाका लागि कोन्के वेकोले तीन किवेट लिइन् । त्यस्तै साहरा कितेङले दुई विकेट लिँदा फिनोवा कुलुमे र जेनेट बाबारीले एक–एक विकेट लिए ।