२०८० चैत्र १६ , शुक्रवार

भारतमा डिजेलको ट्याङ्कर ट्रकसँग ठोक्कियो, ९ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

भारतको महाराष्ट्रस्थित चन्द्रपुर शहरको बाहिरी इलाकामा एक डिजेल गरिएको ट्याङ्कर र काठ लिएर जाँदै गरेको ट्रक एक आपसमा ठोक्किएको छ । ठक्करपछि आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ ।

 

प्रहरी अधिकारीका अनुसार डिजेल ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किएपछि भयानक आगलागी भयो । ट्रकमा बसेका ७ जना र पेट्रोल ट्याङ्करमा बसेका दुई जनाको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ ।

 

भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा शव यति नराम्रोसँग जलेको छ कि उनीहरुको पहिचान गर्न मुश्किल भइरहेको छ । एजेन्सी