२०८० चैत्र १५ , बिहिवार

भारतमा खाना पकाउने ग्यासको मूल्यमा पुनः वृद्धि

सुनाखरी न्युज/ काठमाडौं –

पछिल्लो दुई हप्तामा भारतमा दोस्रो पटक एलपीजी सिलिन्डरको मूल्य बढेको छ । खाना पकाउने ग्यासको मूल्य ३.५० भारु बढाइएको छ ।

 

यसका साथै खाना पकाउनका लागि प्रयोग हुने एलपीजी सिलिन्डरको नयाँ मूल्य १,००३ भारु पुगेको छ । मे महिनाको सात तारिखमा एलपीजी सिलिन्डरको मूल्य बढाइएको थियो र त्यतिबेला प्रत्येक सिलिन्डरमा ५० भारु बढेको थियो ।

भारतमा ग्यास कम्पनीले हरेक महिना सिलिन्डरको मूल्यको समीक्षा गर्छ र आवश्यकता पर्दा मूल्य बढाउने गर्छ ।एजेन्सी