२०८१ बैशाख ८ , शनिवार

डाक्टरले शल्यक्रियापछि पुनः पेटमा राखिदिए बच्चा, २ महिनापछि फेरि जन्मिँदै

सुनाखरी न्युज/ काठमाडौं –

संसारमा बच्चालाई स्वागत गर्नु सधैं एक अविस्मरणीय अनुभव हो । विशेषगरी एक नयाँ आमाले आफ्नो सन्तानको आगमनलाई विशेष गरी याद हुन्छ । फेसन, सौन्दर्य र जीवनशैली भ्लगर जैडेन एशलियाले १९ हप्तामा उनको नजन्मेको छोरालाई स्पाइना बिफिडा भएको थाहा पाएकी थिइन् ।

 

सुरुमा, उनी र उनका प्रेमीलाई ‘कुनै आशा छैन’ भनिएको थियो र उनीहरूको बच्चाको ‘ब्रेन डेड’ हुनेछ भनेर जानकारी दिइएको थियो । यद्यपि, अन्य डाक्टरहरूको सल्लाहपश्चात्, दम्पत्तिले ओर्लान्डोमा रहेको ओपन फोटल सर्जरीमा विशेषज्ञता हासिल गर्ने मेडिकल टोली भेट्टाए । ओपन फोटल सर्जरीमा बच्चाको जन्मनु अघि नै शल्यक्रिया हुनेगर्छ । यी डाक्टरहरूले जैडेनको बच्चाको ढाडको न्यूरल–ट्युब डिफेक्टको शल्यक्रिया गर्नका लागि डाक्टर सफल भए ।

 

शल्यक्रिया सफल भएपछि डाक्टरले ती बच्चालाई पुनः ११ हप्ताका लागि महिलाको पेटमा नै राखिदिए । फ्लोरिडाका जेडेन अहिले अस्पतालमा निको हुने क्रममा छिन् । उनले शल्यक्रिया सफल भएकोमा आफू धन्य भएको पनि बताएकी छिन् । उनले यसबारे टिकटकका आफ्ना १५ हजार एक सय फलोअर्सलाई आफ्नो यो असाधारण अनुभवबारे जानकारी दिएकी छिन् । २३ वर्षीया उनले अस्पतालको ओछ्यानमा सुतिरहेको आफ्नो फुटेज साझा गर्दै लेखिन्, ‘मेरो बच्चालाई पुनः पेटमै राख्नका लागि जन्माएँ । उसले अब ११ हप्तापछि पुनः जन्म लिनेछ ।’

 

अर्को क्लिपमा उनले भनेकी छिन्, ‘उहाँहरुले मेरो सी–सेक्सन (शल्यक्रिया) गर्नुभयो । बच्चाको ढाडमा भएको समस्यालाई निको पार्नका लागि आफूले सक्ने जति प्रयास गर्नुभयो । मेरो पेट पुनः सिलाउनुभयो र त्यसपछि म पुनः केही समयका लागि गर्भवती भएँ ।’ ‘तर उहाँहरुले मलाई निकै नजिकबाट निगरानी गर्नुभयो, त्यसैले म अबको दुई हप्तासम्म रोनाल्ड म्याकडोनल्ड हाउसस्थित ओरलान्डोमा रहनेछु ।

 

म पछिल्लो एक सातादेखि अस्पतालमा नै छु ।’ एमनियोटिक फ्लुडबिना बच्चा कसरी बाँच्छ भन्ने एक प्रयोगकर्ताको जिज्ञासामा उनले जवाफ दिइन्, ‘चिकित्सकहरुले यसलाई सलाइनमार्फत् पुनः भरेका छन् ।’  मिरर डट कम