२०८० चैत्र १६ , शुक्रवार

एमालेले मतदाताको अवमूल्यन गर्‍यो : गगन थापा

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) ले मतादाताको अभिमतको अवमूल्यन गरेको बताएका छन् ।

आइतबार एमालेले प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो । त्यसका जवाफ दिंदै महामन्त्री थापाले एमालेले अन्तिम परिणाम नकुरेर निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउनु मतदाताको अभिमतको अवमूल्यन भएको बताएका हुन् ।

 

थापाले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘मतदानसम्म ठीक, मतगणनाको प्रारम्भमा पनि ठीक, तर प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्य नराखी नेकपा (एमाले) ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन् प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो ।’