२०८१ बैशाख १४ , शुक्रवार

१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता अमेरिकामा लक्ष्मणलाई रजत पदक

सुनाखरी न्युज/ काठमाडौं । नेपाली खेलाडी लक्ष्मण वहादुर ऐरले अमेरिकाको मिचिगन राज्यमा सन २०२२ मे १३ तारिखमा संचालन भएको “१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता”मा रजत पदक जित्न सफल भएका छन् ।

 

उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा ६.९ अंक जोडी दोस्रो स्थानमा रहे । विभिन्न आठ देशका ३०० जनाभन्दा वढी रहेको उक्त खेलमा अमेरिकन पुम्से टिमका रोन सुथविक (Ron Southwick) ले ७.१ अंक जोडी प्रथम भएका थिए भने अर्का नेपाली खेलाडी दिपक रानाले ६.१ अंक जोडी तेस्रो स्थान हात पार्न सफल भएका थिए । लक्ष्मण तेक्वान्दो खेलको पुम्से विधामा अनलाईन खेल मार्फत प्रथम पटक संचालन भएको प्रथम यूरोपियन च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरी सहभागिता जनाउने खेलाडी तथा प्रशिक्षक समेत हुन ।

 

उनले कोरोना महामारीका वेला समेत नेपालका लागि दर्जनौं खेलहरुमा सहभातिता जनाई देशको लागि दर्जनौं पदकहरु समेत दिलाउन सफल भएका थिए । उक्त प्रतियोगितामा आफ्नो खेलमा निकै सुधार भएको उनले वताएका छन । विश्व तेक्वान्दो पुम्से कमिटिका सदस्य समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक ग्राण्ड मास्टर रेमोण्ड सु (Raymond Hsu) लगायत अन्य अन्तर्राष्ट्रिय निर्णायकहरुले उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । साथै गेरुगी (फाईट) तर्फ लक्ष्मणले निर्णायको भूमिका समेत निर्वाह गरेका थिए ।