२०८१ बैशाख ७ , शुक्रवार

काठमाडौंको प्रारम्भिक परिणाममा सिर्जना र बालेनबीच कडा प्रतिस्पर्धा

सुनाखरी न्युज/ काठमाडौँ ।
काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् । हालसम्म गणना गरिएको १ सय २५ मतमध्ये कांग्रेसकी मेयर उम्मेदवार सिंहले ३६ मत प्राप्त गरेकी छिन्।बालेन शाह ३१ मतका साथ दोस्रोमा छन् ।

एमाले केशव स्थापितले २० मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा हालसम्म एक सय र वडा नम्बर ३२ मा २५ मतको गणना गरिएको छ । वडा नम्बर १ मा गणना गरिएको सय मतमा सिंहले २९, शाहले २० र स्थापितले १६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

राष्ट्रिय सभागृहमा जारी मतगणनामा वडा नम्बर ३२ मा २५ मत मध्ये शाहले ११, सिर्जना सिंहले ७ र स्थापितले ४ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् । ३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ ।