२०८० चैत्र १५ , बिहिवार

जेठ ३ गते संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले जेठ ३ गते स‌ंघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।

मन्त्रिपरिषदको आइतबार बसेको  बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।