२०८० चैत्र १५ , बिहिवार

जनता लाई हात जोड्ने काम तिव्र रुपमा

अशोक तिवारी – स्थानिय निर्बाचन संघारमा आइसक्यो अब उम्मेदवारको घर दैलो, मत माग्ने जनता लाई हात जोड्ने काम तिव्र रुपमा देखिना थालेको छ । यो हात जोडाई पाचँ वर्षा को लागी मात्र हुन्छ कि भन्ने आशङ्खा आम मतदाताको मनमा उब्जिएको हुनु पर्छ ।

 

यसबिच कुनै पनि उम्मेदवार ले गर्न नसक्ने सपना जनता लाई नदेखाउन, दोस्रो वडा मा अथवा नगर मा गर्न पर्ने महत्वपुर्ण काम के छ जसलाई विगत पाँच वर्षमा पहिलेका जनप्रतिनिधि ले सम्बोधन गर्न सकेनन् अथवा मैले यो कमजोरी देखेँ यसलाई सुधार गर्नुपर्छ भनेर त्यसलाई उम्मेदवार ले पहिचान गरुन र अब म यसलाई यसरी समाधान गर्छु भनेर सत्य कुरा गरुन ।

 

म शिक्षा मा स्वास्थ्यमा आमूल परिवर्तन गर्छु मेरो वडा मा नगर मा बिकास को लहर ल्याउछु , मेरो क्षेत्र मा कायापलट गर्छु नभनुन ।

१. मैले जिते मेरो पहिलो प्राथमिकता खानेपानी हुनेछ वा कृषि हुनेछ वा सिँचाइ हुनेछ वा सडक हुनेछ वा मन्दिर निर्माण हुनेछ भनुन
२ मैले जिते म स्वास्थ्य मा आमूल परिवर्तन ल्याउने छु हैन म मेरा जनता लाई निशुल्क चेकजाँच गर्नेछु वा वर्षमा एक पटक स्वास्थ्य शिबिर ल्याउनेछु वा अप्रेसन गर्न परे आर्थिक सहयोग जुटाउने छु वा आँखा कमजोर हुनेलाई चस्मा फ्री गर्नेछु भनुन
३ म गुणस्तर को शिक्षा मा जोड दिनेछु हैन वडा ले सरकारी स्कुल पढ्ने लाई कपी वा कपडा वा झोला फ्री गर्नेछु अथवा यती जना लाई निशुल्क पठनपाठन गराउछु वा सामुहिक खाजा को ब्यबस्था गर्नेछु भनुन
४ म कृषि क्रान्ती गर्नेछु नभनुन आर्थिक सहयोग ऋन मिलाउछु ,सिँचाइ को ब्यबस्था मिलाउछु , मल को अभाब हुन् दिन्न , शहकारी मार्फत उत्पादित अन्न बाली तरकारी लाई बजार ब्यबस्थापन गर्छु , उचित मूल्य दिलाउछु भनुन
५ भ्रष्टाचार , महँगी नियन्त्रण गर्छु नभनुन म स्थानिय बजार अनुगमन गर्छु तेल ग्याँस लगायत उपभोग्य वस्तु मा मूल्य बढी लिएको भए नियन्त्रण गर्छु , सार्बजनिक काममा कसैले रकम अपचलन गरेमा कारवाही गर्छु भनुन
६ म बिकास को मुल फुटाउछु हैन म सार्बजनिक स्थान लाई ओगट्ने लाई नियन्त्रण गर्छु , पहिलेका गोरेटो बाटो , चौर , पाखा मिचेर बसेकालाई हटाउछु र ब्यबस्थित ठाउँ बनाउछु भनुन
जे जति गर्न सक्छन त्यति बोलुन , त्यो गरुन नसक्ने नबोलुन ।
कसैले एकल प्रयोग गरेका पानी लाइ ट्याङ्की बनाई जम्मा गरेर पाइप बाट चार घरलाई ब्यबस्था गर्न नसक्ने तर मैले जिते आमूल परिवर्तन हुनेछ भनेर झुक्याउने र पाँच वर्षमा कुम्ल्याउने काम नहोस् ।