२०८१ जेठ २ , बुधवार

भारतमा कोरोनाका १०५४ नयाँ संक्रमित भेटिए, एकैदिन २९ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका १०५४ संक्रमित फेला परेका छन् । यतिबेला कोरोनाका १ हजार २५८ बिरामी निको पनि भए ।

 

भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको ताजा आँकडा अनुसार यतिबेला २९ कोरोना संक्रमितको मृत्यु पनि भएको छ । भारतमा अब कोरोनाभाइरसका कूल ११ हजार १३२ सक्रिय बिरामी छन् जुन हालसम्म भेटिएका संक्रमितको ०.०३ प्रतिशत हो ।

 

भारतमा अब कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा ५ लाख २१ हजार ६८५ पुगेको छ । हालसम्म कुल ४ करोड २५ लाख २४ हजार ५४ बिरामी निको भएका छन् । एजेन्सी