२०८१ जेठ २ , बुधवार

अष्ट्रेलियामा आम निर्वाचनको मिति घोषणा

सुनाखरी न्युज/ काठमाडौं । अस्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा भएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मे २१ का लागि आमनिर्वाचन घोषणा गरेका हुन् ।

 

मोरिसनले शनिबार निर्वाचन मिति घोषणा गर्दै मे २१ मा अस्ट्रेलियनहरूले मतदान गर्ने बताएका छन् । मोरिसनले सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री रहेका छन् । मेरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा ७६ सिट रहेका छन् । सरकार बनाउनका लागि यति नै सिट हुनु आवश्यक छ ।

 

अष्टे«लियामा सरकार फेरबदल हुन सक्ने र लेबर पार्टी सत्तामा आउन सक्ने चुनावी सर्वेक्षणले देखाएको छ । सन् २०१८ को चुनावमा पनि विभिन्न चुनौतीका बीच मोरिसनले चुनाव जितेका थिए । पछिल्लो समयमा प्रधानमन्त्री मोरिसनविरुद्ध थुप्रै आरोप लागेपछि त्यहाँको जनताहरू माझ उनको लोकप्रियता कमी भएको छ । त्यसैले गर्दा पनि आगामी चुनावमा जित्न गाह्रो हुने राजनीतिज्ञहरूको भनाइ छ ।