२०८१ जेठ १ , मंगलबार

एमेच्योर सुभाषलाई वेस्टर्न अ‍ोपनमा अग्रता

सुनाखरी न्युज/ काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अ‍ोपनको पहिलो दिन १३ अ‍ौं सागको दोहोरो स्वर्णविजेता एमेच्योर सुभाष तामाङले अग्रता लिएका छन् ‌।

 

हिमालयन गल्फ कोर्स, पोखरामा सुभाष पहिलो दिन २ अन्डर ६६ स्कोरका साथ शीर्षस्थानमा रहेका छन् । दोस्रो स्थानका जयरामश्रेष्ठले इभन पार ६८ स्कोर बनाए । स्थानिय एमेच्योर अजित विक र व्यावसायिक गल्फर रमेश अधिकारी १ अ‍ोभर ६९ स्कोरसाथसंयुक्त तेस्रो स्थानमा छन् ।

 

रामे मगर २ अ‍ोभर ७० स्कोरका साथ पाँचौ स्थानमा छन् । दिनेश प्रजापति, निरज तामाङ र धनबहादुर थापा ३ अ‍ोभर ७१ स्कोरका साथसंयुक्त छैटौं तथा भुवन नगरकोटी र रवि खड्का ४ अ‍ोभर ७२ स्कोर जोड्दै शीर्ष १० स्थानमा छन् । भुवनले सातौं होलमा होल इन वनप्रहार गरेपनि अन्तिम होलमा क्वाड्रपल बोगी खेप्न पुगे ।

 

शीर्षस्थानका एमेच्योर सुभाषले तेस्रो, पाँचौं, छैटौं, १३ अ‍ौं र १६अ‍ौं होलमा बर्डि प्रहार गरे । उनले नवौं होलमा डबल बोगी र १० अ‍ौंहोलमा बोगी खेपे । प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ । ५४ होलको प्रतियोगितामा २५ व्यावसायिक र १४एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबारप्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।