२०८१ जेठ २ , बुधवार

एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ माहालसम्म १५६ जना उखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ ।

 

बैंकले उखु किसानहरुलाई सहज रुपमाकर्जा प्रवाहगर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो । सम्झौताअनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेतीगर्न प्रोत्साहानगर्दै किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो साथै सुगर मिल्ससंग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यक अन्य बिभिन्न प्राविधिक सहयोगहरु पनिगर्दै आएको छ । कर्जा प्रवाहभए पश्चात हाल सालै बैंकले गरेको स्थलगत निरिक्षणमा अधिकांश किसानहरुको जिवनस्तर परिवर्तन भएको र किसानहरुले उखु बिक्रिबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाईएको छ ।

 

चिनी उद्योगहरुमा उखुको माग हुंदाहुदै पनिकर्जा नपाउँदाउखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरुले, बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि आफुलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महशुस गरेका छन् । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वात्कृष्ट बैंकको उपाधी‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मापनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’प्राप्त गरिसकेको छ ।

 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।