२०८१ बैशाख २७ , बिहिवार

कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि

सुनाखरी न्युज/ काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका हुन् ।

 

११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंकभएपनि काउन्ट ब्याकमा कृष्ण विजयीभएकाहुन् । काउन्ट ब्याकमा कृष्णले २१ अंकजोडेकाथिएभने बाबुले २० अंकजोडेकाथिए । बाबु प्रतियोगिताको उपविजेताबने । नेपाल पुलिसका एसएसपी अशोक सिंहले तेस्रो स्थान हासिल गरे । अशोकले ४२ अंकजोडेकाथिए । बेस्ट ग्रसमा टासी दोङ, टासी छिरिङ र वाङचेन धोन्डुपले समान ३६ अंकजोडे । काउन्ट ब्याकमा टासी दोङले बेस्ट ग्रसको उपाधिजिते । काउन्ट ब्याकमा दोङले १९ अंकजोडेकाथिएभने छिरिङ र धोन्डुपले समान १७अंकजोडेका थिए ।

 

मेजर जनरल नरेन्द्र रावलले ६० वर्ष माथि उमेर समूहको उपाधिजिते । उनले ३९ अंकजोडेकाथिए । दोस्रो स्थानमा रहेका भैरवराज पाण्डेले ३८ अंकजोडेकाथिए । महिलातर्फको उपाधिभने प्रतिभा राईले जितिन् । राईले ३८ अंकजोडेकीथिइन् । दोस्रो स्थान माहासिल गर्न सफलकश्मिरा शाहले ३७अंकजोडिन् । हुन्डाई कार वनर्स स्पर्धामाश्याम सिमखडाले ३७अंकजोड्दै उपाधिजिते । वाङचेनधोन्डुपले क्लोजेस्ट टु दीपिनको उपाधिजिते ।

 

त्यस्तै, लङ्गेस्ट ड्राइभको उपाधि दावा जे शेर्पाले जिते । क्याप्टेन नोर्बु शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते । शेर्पाले सबभन्दा धेरै ५ बर्डिज खेलेकाथिए । हुन्डाई करको नेपालमा आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगिता दुई दिन सम्म चलेको थियो । प्रतियोगिता १८ होलमा खेलाइएको थियो । १५५ गल्फरले स्टेबल फोर्ड फरम्याट र ३ बाई ४ ह्यान्डी क्यापमा खेलेका थिए ।