२०८१ जेठ ४ , शुक्रवार

ढुङ्गाले लागेर मृत्यु

सुनाखरी न्युज/ दैलेख –

भगवतीमाई गाउँपालिका-६ चिपीङ तारा बस्ने ३० वर्षीय गणेश बहादुर खत्रीको ढुङ्गाले लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

 

वनमा दाउरा काट्न गएकोमा भिरबाट ढुङ्गा खसेर लाग्दा गम्भीर घाइते भएका उनको घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।