२०८१ जेठ ८ , मंगलबार

वाल विवाह र वहु विवाह रोकथाम तथा न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ पर्वत । समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. ६ स्थित रहेको श्री शिवालय माद्यामिक विद्यालयमा वाल विवाह र वहु विवाह रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका अध्यक्ष राजन जोशी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका उपाध्यक्ष सरस्वती भण्डारी, निवर्तमान अध्यक्ष मान कुमारी गिरी, प्रहरी नायव निरीक्षक होमनाथ अधिकारी, सोही विद्यालयका शिक्षकहरु, कक्षा ११ र १२ का विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।

 

उक्त प्रशिक्षणमा वाल विवाह के हो ? यसबाट पर्ने असरहरु के के हुन ? र यससँग सम्बन्धित ऐन कानुनका बारेमा प्रहरी निरीक्षक प्रदिप पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।