२०८१ जेठ ७ , सोमवार

पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढेर आउन सक्ने निगमको भनाइ

सुनाखरी न्युज/ काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर नेपालमा पनि देखिएको छ । विश्व बजारमै मूल्य वृद्धिपछि नेपालमा पनि आयल निगमले घाटामा रहेको बताउँदै महिनाकै तीनपटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

 

डलरको मूल्य अकासिनु अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ देखि ३ डलरले वृद्धि भइरहेका बेला रसिया र युक्रेनबीचको युद्धले मूल्य ह्वात्तै बढेर बाहिर गइसकेको छ । निगमका प्रवक्ताका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । यस्तो अवस्था लामो समय रहिरह्यो भने निगमको घाटा १० अर्ब माथि जाने देखिएको निगमनै स्वीकार्छ ।

 

यस्तै अवस्था आइरह्यो भने अब आउने नयाँ मूल्य सुचिमै प्रतिलिटर डिजेल तथा पेट्रोलको मूल्य १५ देखि २० रुपैयाँसम्म बढेर आउने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउछन । निगमको पछिल्लो समय अर्थात मार्च ३ मा गरिएको मूल्य समायोजनपछि हाल १५ दिनमा २ अर्ब ५० करोड भन्दा बढी घाटा हुने देखिएको आयल निगमको भनाइ छ । तर, यही अवस्था रहिरहे ५ अर्ब माथि घाटा हुने देखिएको छ ।

 

डिजेल तथा पेट्रोलमा ५–५ रुपैयाँ मूल्य समायोजन गर्दा पेट्रोलमा १६ रुपैयाँ २८ पैसा र डिजेलमा करिब १२ रुपैयाँ र प्रतिसिलिण्डर एलपीजीमा ६ सय ६५ रुपैयाँ भन्दा बढी घाटा रहेको निगम बताउँछ । भारतबाट आएअनुसारको मूल्य नबढाउँदा निगमलाई पेट्रोलियम पदार्थ आपूर्ति सुचारू गर्नसमेत चुनौति देखिए प्रवक्ता उपाध्यायको भनाइ छ । नेपालले इन्धन भारतबाट मात्र खरिद गर्ने भए तापनि भारतले अन्य राष्ट्रबाट आपूर्ति गर्ने हुँदा यसको असर विश्व बजारमै पर्ने भएको छ ।