२०८१ जेठ ७ , सोमवार

दोहोरो अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से)३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेको छ ।

 

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२९ कम्पनीको २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४१ रुपैयाँ बराबरको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ ।

 

त्यसदिन २ अर्ब ६० करोड ९ लाख ३० हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । यद्यपि कारोबार दिनहुँ घटेकोले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेका छन् ।