२०८१ जेठ ७ , सोमवार

सुनको भाउमा उच्च बृद्धि

सुनाखरी न्युज/ काठमाडौं ।विगत केही दिन देखि सुनको भाउमा उच्च बृद्धि देखिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बधवार सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।

 

सोमबार सुनको मूल्य प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २५ सयले बढेको हो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ कायम गरिएको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १४५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।