२०८१ जेठ ७ , सोमवार

राष्ट्र बैंकले बुधबारदेखि एक रुपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रुपयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । यहि फागुन २५ गते बुधबारदेखि एक रुपयाँको नयाँ सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ ।

 

बैंकले साविककै आकारमा तथा सुनौलो रङगमा टकमरी गरिएको साल २०७७ लेखिएको १ रुपयाँ दरको सिक्का २०७८।११।२५ बुधबारदेखि देशभर संञ्चालनमा ल्याउन लागेको हो ।

सिक्काको अग्र भागमा:

-सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको ।
-चौसठ्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको ।
-सिक्काको माथिल्लो भागमा अंग्रेजीमा च्भ। इलभ र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँलेखिएको ।
-नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको ।

 

(ख) सिक्काको पृष्ठ भागमा:

-सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको ।
-आठ थोप्ला सहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा SAGARMATHA NEPALलेखिएको ।
– सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको ।