२०८१ जेठ ७ , सोमवार

कोरोना अपडेट : देशभर थपिए १९४ कोरोना संक्रमित, ३४८ जना निको, १ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर थप १ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

६ हजार ३ सय ९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्।  ३ हजार ६ सय ३८ जनाको पिसिआर गर्दा ७४ र २ हजार ७ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर ५ हजार ८ सय ७५ जना सक्रिय संक्रमित छन्।

 

३ सय ४८ जना संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। त्यस्तै काठमाडौंमा १६ र ललितपुरमा ७ संक्रमित थपिएका छन्। भक्तपुरमा भने संक्रमितको संख्या शून्य रहेको छ।