२०८१ जेठ ७ , सोमवार

नेप्सेमा सामान्य अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकको गिरावट आएको छ ।

 

आज नेप्से ३.६६ अंकले घटेर दुई हजार ५ सय ४३ दशमलब ३९ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ४९ करोड ३२ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १०१ वटा कम्पनी घटेका छन् भने ७८ वटा कम्पनी मात्रै बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत् कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ७.८० प्रतिशतले बढेर प्रतिकित्ता ६६३ रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज शिवम् सिमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.११ प्रतिशतले घटेर प्रतिकित्ता १०८५ रुपैयाँमा झरेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।