२०८१ बैशाख ६ , बिहिवार

Paywell Indoor Cricket League को उपाधि कामना सेवा विकास बैंकलाई

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवाविकास बैंकले Paywell Indoor Cricket League को उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।

 

ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा आजफागुन २१गते सम्पन्न फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराउँदै बैंकले उक्त उपाधी जितेको हो ।सो प्रतियोतिामा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो ।फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दैकामनासेवाविकास बैंकले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रे बैंक १० ओभरको खेलमा जम्मा८८ रनमा समेटिएको थियो । फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका रिमेश रेग्मी र प्लेयर अफ द सिरीजकामना सेवा कै हेमन्त श्रीवास्तव चुनिए । उत्कृष्ट बलर नेपाल एस.वि.आइ बैंकका निरज कार्की र उत्कृष्ट ब्याट्स् मेन माछापुच्छ्रे बैंकका निशेष के.सी.भएकाथिए ।

 

कामना सेवाविकास बैंकले स्वस्थ शरीर स्वस्थ मस्तिष्क मात्र होइन खेलकुदले सामाजिकएकता र समृद्धिको आधारशिला समेत तयार पार्दछ भन्ने कुरालाई आत्मसात् गरी आफ्ना कर्मचारीहरु लाई नियमित कामको अतिरिक्त उनिहरुको व्यक्तिगत चाहना र क्षमताको कदर गर्दै विभिन्न खेलकुद लगायत अन्य रचनात्मक कार्यहरुमा समेत सहभागी गराउंदै उनिहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बैंकका प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनु भयो ।