२०८१ जेठ ७ , सोमवार

प्रतिनिधिसभा बैठक आज बस्दै

सुनाखरी न्युज/ काठमाडौं । आज प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

 

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवायलका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो । त्यसअघि विहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

 

पछिल्लो ६ महिनादेखि सांसदहरूले जनचासोका विषयमा राख्न पाएका छैनन् । नेकपा एमालेको अवरोधका कारण यस अवधिका सबै बैठकहरू निष्प्रभावी बन्दै गएका छन् । एमालेले आफूले कारबाही गरिएका १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै लगातार संसद बैठक अवरोध गर्दे आएको छ । यद्यपि महत्त्वपूर्ण भनिएका बजेट, एमसीसी लगायतका विषयहरू भने सरकारले अवरोधकै बीच पारित र अनुमोदन गर्दै गइरहेको छ ।

 

प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण अवरुद्ध हुँदै आएको छ ।