२०८१ जेठ ५ , शनिवार

नेपालमा पहिलो पटक भयो शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमै पहिलो पटक शल्यक्रिया नगरिकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । शहीद गंगालाल हृद्धय रोग केन्द्रले ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब प्रत्यारोपण हो ।

 

अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले शुक्रबार  ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई) विधिबाट भल्ब फेरिएको जानकारी दिए ।

 

भारतका मुटु रोग विशेषज्ञ डा। शाही सतिश नेतृत्वमा अस्पतालका टिमले सोमबार सफतापूर्वक भल्बको प्रत्यारोपण हो । शल्यक्रिया गरिएको महिला तीन दिनमै निको भएर आजै डिस्चार्ज गरिएको उनले बताए ।

मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्ब साँधुरोपछि रोगलाई एओर्टिक स्टेनोसी भनिन्छ । ‘एओर्टिक भल्ब साँघुरो भएपछि मुटुबाट शरीरलाई चाहिने जति रगत जान पाउँदैन । जसका कारण स्वाँस्वाँ हुने, छाती दुख्ने र बेहोस हुने जस्ता लक्षण देखिन्छ,’ डा. अधिकारी भन्छन् ।

 

यसभन्दा अगाडी एओर्टिक स्टेनोसी लागेका बिरामीलाई छाती चिरेर भल्ब प्रत्यारोपण हुँदै आएको थियो। तर, वृद्धवृद्धामा अन्य प्रकारका जटिल रोगहरु र शारिरीक दुर्बलतासमेत हुने भएकाले शल्यक्रिया बढी जोखिम हुन्छ ।

 

बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा कठिनाइहरु कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने चिकित्सक बताउँछन् ।