२०८१ बैशाख १३ , बिहिवार

भिष्म र राजेश रेवान पोखरा भेट्रान्स टेनिसको फाइनलमा

सुनाखरी न्युज/ पोखरा । भिष्मराज पौडेल र राजेश गुरुङ्ग पोखरा रंगशालामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ अन्र्तगत नवप्रवेशितर्फ फाइनलमा प्रवेश गरेका छन् ।

 

सोमबार भएको सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२, ६–३ ले तथा राजेशले रविन गुरुङ्गलाई ६–२,६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको नवप्रवेशितर्फको फाइनल खेल मंगलबार हुनेछ । त्यस्तै प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्सतर्फका खेलहरुपनि मंगलबारदेखिनै शुरु हुने आयोजक संघ कास्कीका सचिव नविन श्रेष्ठले जानकारी दिए । नवप्रवेशितर्फ सेमिपफाइनल पुगेका भिष्मराज पौडेल, रविन गुरुङ्ग, दुर्गा सुनार र राजेश गुरुङ्गले पनि सिनियरतर्फ भाग लिन पाउने भएका छन् ।

 

प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।