२०८१ जेठ ४ , शुक्रवार

टी-२० विश्वकप छनोट : क्यानडालाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनल प्रवेश

सुनाखरी न्युज/ काठमाडौं। क्यानडाले हराउँदै नेपाल ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । नेपालले सोमबार क्यानडालाई ८ विकेटले हराएको हो । क्यानडाले दिएको ८१ रनको समान्य चुनौती ओभरमा १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । समूह एमा रहेको नेपालले ३ वटै खेलमा जित हात पार्दै समूह विजेता बनेको छ ।

 

नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट ३४ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २७ रन जोडे। नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख १७ रनमा आउट हुँदा कुशल मल्ल गोल्डेन डकआउट भएका थिए। त्यसअघि ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमा अलआउट भयो। क्यानडाविरूद्ध नेपाली बलरले धारिलो बलिङ गरेका थिए। नेपालले पहिलो ओभरमै विकेट लिएको थियो। कमलसिंह ऐरीले पाँचौ बलमा म्याथ्यु स्पूर्सलाई शून्यमा आउट गरे। चौथो ओभरमा क्यानडाका कप्तान नवनीत धलिवाल १८ रनमा कमलले नै आउट गरेका थिए।

 

अर्को ओभरमा ओपनर रायन पठान १४ रनमा रनआउट भए। उनलाई कमलसिंह ऐरीले अभिनास बोहराबाट रनआउट गराएका थिए। रविन्दरपाल सिंहलाई अभिनासले छेटौं ओभरमा आउट गरे भने सातौं ओभरमा सन्दीप लामिछानेले हम्जा तारिकलाई १ रनमा एलबिडल्लूको धरापमा पारे। नवौं ओभरमा करिम सनालाई पनि सन्दीपले १ रन कुशल मल्लबाट क्याच गराए। दशौं ओभरमा कुशलले हर्ष थकरलाई २ रनमा एलबिब्लूको धरापमा पारे। कप्तान सन्दीपले व्यक्तिगत ३ विकेट लिने क्रममा एघारौं ओभरमा जुनइद सिद्धिकीलाई २ रनमा आरिफ शेखबाट क्याच गराए।

 

अभिनासले अन्तिम विकेटको रुपमा सलमान नजरलाई १० रनमा आउट गरे। क्यानडाका लागि डिलोन हेलिगरले सबैभन्दा बढी नटआउट २४ रन जोडे। बलिङमा नेपालका सन्दीपले ३ विकेट लिँदा कमलसिंह ऐरी र अभिनास बोहरीले २-२ विकेट हात पारे। कुशल मल्लले १ विकेट लिँदा नेपालले २ रनआउट गरेको थियो। सन्दीपले चार ओभरमा १२ रन दिए। अब नेपालले सेमिफाइनलमा भोलि युएईसँग प्रतिस्पर्धा गर्नेछ।