२०८१ बैशाख १३ , बिहिवार

एमसिसीमा दोहोरो चरीत्र किन ?

किरण गिरी –
मिति अनुसार भएका काम, प्रधानमन्त्री र अर्थमन्त्री बाबुराम_भट्टराई पुस्पकमल दाहाल प्रचण्ड ,केपी_ओली सबै अगाडि नै देखिन्छन् MCC प्रसंगमा अहिले नेपालका कम्युनिस्ट हरुको दोहोर चरीत्र किन ? र के का लागी हो ? बुझ्न सकिएन ।

 

नेपालमा एमसिसी परियोजना को सुरुवात र बिकास क्रमको यथार्थ विवरण :-
२०६८- ०६९ • एमसिसि सँग समन्वय गर्नका लागि वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुखलाई सम्पर्क अधिकृत नियुक्त
• नेपाल एमसिसी थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको जानकारी पत्र प्रधानमन्त्री बाबुराम भट्टराई , अर्थमन्त्री वर्षमान पुन
२०६९-०७० • Constraints Analysis को लागि नेपाली अर्थशास्त्रीको समुह गठन मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी
अर्थमन्त्री शंकरप्रसाद कोइराला ।
२०७०-७२ • एमसिसीले नेपाललाई कम्प्याक्टका लागि छनोट गरेको जानकारी प्राप्त
• पुर्व सचिब श्री कृष्ण ज्ञवालीलाई कम्प्याक्ट कार्यक्रम तयारीका लागि राष्ट्रिय संयोजक र तत्कालीन अर्थमन्त्रीको संयोजकतोमा निर्देशक समिति गठन
• सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्नेसम्बन्धी सम्झौता प्रधानमन्त्री शुसील कोइराला ।
अर्थमन्त्री डा. रामशरंण महत ।
२०७२-०७३
• कम्प्याक्टको मस्यौदा तयार गर्ने र सम्भावित आयोजनाबरे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी सम्झौता
• Millennium Challenge Corporation (MCC) वाट कम्प्याक्ट कार्यक्रम तयारीका लागि करीव १ अर्ब १३ करोड रुपैया वरावरको सहायता (१०.७५ मिलियन अमेरिकी डलर) प्राप्त गर्ने।
• Millennium Challenge Corporation (MCC) को सहयोगमा संचालन हुने कम्प्याक्ट कार्यक्रम तयार गर्ने कार्यको लागि राष्ट्रिय संयोजकमा सूर्यप्रसाद आचार्यलाई नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री बिष्णु पौडेल
२०७३-०७४ • Millennium Challenge Corporation (MCC) बाट अनुदान सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने।” प्रधानमन्त्री पुष्पकमल दाहाल अर्थमन्त्री कृष्ण बहादुर महरा । २०७४ ।
• सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषद् मा प्रस्ताव पेश र स्वीकृति ।
• सम्झौतामा हस्ताक्षर गर्न तत्कालीन अर्थमन्त्री समेतको टोलीलाई अख्तियारी दिने मन्त्रिपरिषद्को निर्णय ।
• मिलेनियम च्यालेञ्ज कम्प्याक्ट(MCC )मा हस्ताक्षर प्रधानमन्त्री शेर बहादुर देउवा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की
यसरी २०६८ सालमा तत्कालिन नेकपा माओवादीका नेता बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारदेखि शुरु भएको एमसिसी सम्झौता प्रकृयामा नेपालका सवैजसो दलहरू र नेतृत्व प्रत्यक्ष रुपमा सहभागी भएका छन। स्मरण रहोस् तत्कालिन माओवादी नेतृत्वको बाबुराम भट्टराई प्रधानमन्त्री रहेको सरकारमा माओवादी नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो भने नेकपा (एमाले) नेतृत्वको केपी शर्मा ओली प्रधानमन्त्री रहेको २०७३-०७४ को सरकारमा उप-प्रधानमन्त्रीहरू एमाले नेता भिम रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा, राष्ट्रिय जनमोर्चा पार्टीका नेता चित्रबहादुर केसी, नेकपा मालेका नेता सिपी मैनाली हुनुहुन्थ्यो र नेकपा (माओवादी केन्द्र) का श्री अग्नि प्रसाद सापकोटा, राप्रपा नेता दिपक वोहोरा मन्त्री हुनुहुन्थ्यो ।

 

– २०७४ को निर्वाचन पश्चात नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्यो । केपी शर्मा ओली नेतृत्वको त्यस सरकारले २०७५ को वैशाखमा एमसिसीबाट प्राप्त अनुदानलाई निर्धारित लक्ष्य हासिल गर्ने गरी संचालन र कार्यान्वयन गर्नका लागि एमसिए-नेपाल (MCA-Nepal) को गठन गरेको हो । विकास समिति ऐन, २०१३ अनुसार विसं २०७५ वैशाख ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एमसिए-नेपाल गठन भएको हो । यसका साथै सम्झौतामा हस्ताक्षर भएको २ वर्षपछि २०७६ असोज १२ मा परियोजना कार्यान्वयन सम्झौता(PIA) मा हस्ताक्षर पनि नेकपाको सरकारले नै गरेको हो।

– नेकपा नेतृत्वमा रहेको केपी शर्मा ओलीको सरकारको मिति २०७५ माघ २५ गतेको मन्त्रिपरिषद्को वैठकले ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि संसदमा पेश गर्ने देहाय बमोजिमको निर्णय गरेको र २०७६ असार ३० गते अनुमोदनको लागि संसदमा दर्ता गरेको विषय पनि यहाँ स्मरण गर्न आवश्यक छ।

लेखक तथा संयोजन – किरण गिरी नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य एबं हाल महासमिति सदस्य हुन ।