२०८१ बैशाख ७ , शुक्रवार

राप्रपा लाई स्थापित गराउन नेतृत्वमा सुझवुझ आवश्यक

तारा वस्नेत – राप्रपा को ऐतिहासिक एकता महाधिवेशनले पार्टी लाइ नया नेतृत्व सहित नितिमा थप स्पस्टता पारिसकेको छ।अधिवेशनमा सहभागी देसभरिका प्रतिनिधि हरुले निर्वाचन मार्फत चाहेका नेता लाइ नेतृत्वमा स्थापित गरेर पार्टी लाइ नया गति दिएका छन।

 

पार्टी एकताको समयमा नै हिन्दु हरुको अाधार ग्रन्थ गीता लाइ साक्षी राखेर नेताहरुले उप्रान्त पार्टी नफुटाउने कसम खायका थिय।महाधिवेशन पछिका सकारात्मक वा नकारात्मक टिप्पणीहरु लाइ सहज ग्रहण गरेर अगाडि वढनु वाहेक अरु उपाय राप्रपा संग छैन। प्रतिस्पर्धामा सहभागी हरुले अायको परिणाम लाइ स्विकार्नु प्रजातान्त्रिक पद्धति हो,यसको उलंघन गर्ने छुट कसैलाई हुदैन। राप्रपा विगतमा पनि जनता माझ लोकप्रिय रहदा,रहदै नेतृत्वकै कारण धरासायि भयको हामिले विर्सियका छैनौ।विगतमा गाइ वेचेझै गीता वेच्ने छुट कसैलाई पनि छैन।व्यक्तिगत लाभका लागि केवल कार्यकर्ता लाइ पछि लायर हिडने नेतावाट पार्टी र देसले केहि प्राप्त गर्न सक्दैन र कार्यकर्ताले आसा नगरे पनि हुन्छ। जिन्दगी भरि पार्टी अध्यक्ष आफै हुनुपर्ने,आफु वाहेक कसैलाई स्विकार नगर्ने प्रविदि देस र जनताको पक्षमा हुदैन। पुन नया पार्टी खोल्ने जुन उदेश्यका साथ राप्रपा लाइ विभाजन तिर लाने कार्य विलकुल स्विकार्य छैन।

 

पदलाई सर्वोपरि नठानि देस र जनताको सेवा गर्ने सुविधा सवैलाइ छ। एउटा प्रजातान्त्रिक दलले आवधिक अधिवेशन गर्छ।कार्यकर्ता,जनता को पक्षमा काम गर्दै जानेहो भने पद नेतृत्वको वरिपरि नै घुमिरहेको हुन्छ। पद रहने वा नरहने एक प्रक्रिया हो,पद अस्थायी चिज पनि हो यो सधैभरि एकै ठाउमा रहदैन। महाधिवेशनमा प्रतिस्पर्धा गरिसकेपछि आफु पराजित हुन्छ भन्ने सपनामा पनि सोचेको थिइन भनि आयका विचारहरु सुन्दा मलाई लाग्यो मानिसमा किन यति अहमता हुन्छ?प्रतिस्पर्धा वाट आयको परिणाम लाइ स्विकार्छु मात्र भनेको भय यो समस्या आउने थियन।निर्वाचन मा परिणाम आफु निकाल्न नसक्ने दोष नागरिक जिवन विताइरहेका राजा लाइ दिने प्रविद्दि पुर्णत गलत छ। निर्मल निवासले आफुलाइ पराजित गरायो भन्दै अलाप,विलाप को कुनै तुक छैन।

 

निर्वाचन हुदै गर्दा प्रतिस्पर्धामा रहेका हरुले शक्तिकेन्द्र हरुको साथ,सहयोग र समर्थन खोज्नु स्वभाविक नै हो। दरवारका सचिवहरुले कदापि राजसंस्थाको प्रतिनिधित्व गर्दैनन। हुन सक्छ दरवारका सचिवहरुको साथ एकातिर भयो होला यसमा के आश्चर्य छ र ? एउटा पार्टीको अधिवेशन लाइ नजिकवाट हेर्नु र एकातिर सहयोग गर्नु कदापि अन्यथा हुन सक्दैन। वरु सहयोग लिन नसक्नुमा केहि कमजोरी आफैमा रह्यो कि फर्कियर हेर्नु अावस्यक छ। स्वयम राजा वाट कमल थापालाइ सपोट रहेको भन्ने समाचार हामिले नपढेका हैनौ।परिणाम आ फुमा आय सहज नआय असहज हुने मनस्थितिले मानिस लाइ पतनको मार्गतिर ल‌‌ैजान्छ। भारतीय जनताको सवैभन्दा चर्चित व्यक्ति नरेन्द्र मोदि हुन तर उनि पार्टी अध्यक्ष हैनन।काम गर्नको लागि अध्यक्ष पदनै जरुरि छ भन्ने मानसिकता त्याग्नु पर्छ। अभिभावकिय भुमिका मार्फत पनि पार्टी,देस र जनताको सेवा गर्न सकिन्छ।

 

प्राप्ति र त्यागको भावना लाइ संगै लियर हिडन सक्नु पर्छ। फेरिपनि सहमति,एकता,सहकार्य को विकल्प छैन।नेपाली जनताले विकल्प खोजिरहेको वर्तमान अवस्थामा जनता प्रति उत्तरदायी वन्दै राजसंस्था सहितको हिन्दुराष्ट्र को पक्षमा आन्दोलित भइ अगाडि वढनुपर्ने समयको माग छ ।यो माग लाइ सवै नेतृत्वले स्विकार्दै नेपाली राजनीतिको मुलधारमा राप्रपा लाइ स्थापित गराउन सवै नेतृत्वमा सुझवुझ
आवस भनि शुभकामना व्यक्त गर्दछु।

लेखक केन्द्रीय सदस्य रा.प्र.महिला संगठन।