२०८० चैत्र १६ , शुक्रवार

इन्स्टाग्राममा ४० करोड फलोअर हुने विश्वकै पहिलो व्यक्ति बने ‘रोनाल्डो’

सुनाखरी न्युज/ काठमाडौं – पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा अर्को ठूलो रेकर्ड बनाएका छन् ।

 

पछिल्लो तथ्याङ्क अनुसार फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्राममा ४० करोड फलोअर हुने उनी विश्वकै पहिलो व्यक्ति बन्न पुगेका छन् । केही दिनअघि मात्रै उनले आफ्नो ३७औं जन्मदिन मनाएका रोनाल्डो लामो समयदेखि इन्स्टाग्राममा धेरै फलोअर भएका र इन्स्टाग्रामबाट सर्वाधिक आम्दानी गर्ने सेलिब्रिटीको सूचीको पहिलो नम्बरमा छन् ।