२०८३ मंसिर ११ , बिहिवार

विजय लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Vijaya-Laghubitta

सुनाखरी न्युज/ काठमाडौं ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले संस्थापक सेयरधनी खेमानन्दा ज्ञवालीको नाममा रहेको १० हजार कित्ता सेयर बिक्रीमा रहेको हो ।

संस्थापक सेयर खरिद बिक्री गर्दा वित्तीय संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन निदन सक्ने छन् । उक्त अवधिमा आवश्यक कागजात संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पर्क राख्नु पर्ने छ ।

उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ । उक्त म्याद भित्र प्रस्तावित संस्थापक सेयर खरिद गरिलिन वित्तीय संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुको तर्फबाट निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने सम्बन्धमा आवश्यक कार्यबाही अघि बढाईने लघुवित्तले जनाएको छ ।