
सुनाखरी न्युज/ काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ। कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश दिने भएको हो । यसले आफ्नो वित्तीय विवरणमा ४२.५८ प्रतिशत लाभांश क्षमता देखाएको थियो ।
त्यस्तै, स्वावलम्बनले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । यसले आफ्नो वित्तीय विवरणमा २८.७९ प्रतिशत लाभांश क्षमता देखाएको थियो ।