
सुनाखरी न्युज/काठमाडौँ ।
सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
कार्कीले प्रहरी ऐन र नियमावली विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहाली र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गरेका छन् ।
यसअघि अदालतले कार्कीलाई हटाउनुको कारण पेस गर्न सरकारलाई आदेश जारी गर्दै आज दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो ।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको थियो । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि मङ्सिर ७ गते९आज० का लागि विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लाई झिकाउने आदेश गरेको थियो ।
बालेन्द्र शाह सरकारले डा। मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । अब आईजीपीमा नियुक्त मनोज केसीको निर्णय रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो दुई पक्षीय सुनुवाइपछि मात्रै लाग्ने छ ।