२०८३ कार्तिक २४ , सोमवार

लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत

Bidhut-Apurti-Banda

सुनाखरी न्युज/ काठमाडौं ।

लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग ९पिक लोड० १ हजार ८१३ मेगावाट पुगेको हो ।

 

उक्त समयमा देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००।३० मेगावाट रहेको थियो । आन्तरिक माग पूरा गरेपछि बाँकी ५८७।३० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पिक लोडको समयमा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट १ हजार ५३६।५० मेगावाट विद्युत् उत्पादन भएको थियो ।

त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९।२० मेगावाट, प्राधिकरणका जलाशय तथा नदी प्रवाही ९आरओआर र पीआरओआर० आयोजनाबाट ३४२।३० मेगावाट र स्टोरेज आयोजनाबाट २२।३० मेगावाट विद्युत् उत्पादन भएको थियो ।

 

लक्ष्मीपूजाको दिन विद्युत् प्रणालीमा कुनै अवरोध ९पावर इन्टरप्सन० नभएको प्राधिकरणले जनाएको छ । यस अवधिमा प्रणालीको फ्रिक्वेन्सी ५०।१२० हर्ज कायम रहेको थियो ।

यस्तै, लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ४८९।५० मेगावाट पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै जाँदा चाडपर्वको समयमा आन्तरिक माग पूरा गरेर अतिरिक्त विद्युत् निर्यात गर्न सकिने अवस्था बनेको छ ।

प्राधिकरणका अनुसार अघिल्लो वर्षको लक्ष्मीपूजाको तुलनामा माग ६८ मेगावाटले बढि माग बढेको हो ।

गत वर्षको लक्ष्मीपूजामा १ हजार ७४५ मेगावाट विद्युत खपत भएको थियो ।