२०८३ कार्तिक २३ , आइतवार

लक्ष्मीपूजाका दिन विद्युत्‌को अधिकतम माग १७ सय मेगावाट पुग्ने अनुमान

Bidhut-Apurti-Banda

सुनाखरी न्युज / काठमाडौ ।
यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को अधिकतम माग (पिक डिमान्ड) करिब १७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । माग उच्च हुने भए तापनि विद्युत् आपूर्तिमा कुनै समस्या नआउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अघिल्ला वर्षहरूको तुलनामा तिहारमा विद्युत् खपत निरन्तर बढ्दै गएको छ । गत वर्षको लक्ष्मीपूजाका दिन विद्युत्‌को उच्च माग १६५० मेगावाट पुगेको थियो । त्यसैगरी, २०८१ मा १६०२, २०८० मा १४३८ र २०७९ मा १३०५ मेगावाट माग भएको थियो ।

कुनै समय तिहारजस्ता ठूला पर्वमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ झेल्नुपरेको अवस्था स्मरण गर्दै अहिले मुलुक विद्युत् निर्यात गर्ने स्थितिमा पुगेको प्राधिकरणले जनाएको छ । २०७३ सालको लक्ष्मीपूजाका दिन काठमाडौँ उपत्यकामा चौबीसै घण्टा विद्युत् उपलब्ध गराएर लोडसेडिङमुक्त अभियान सुरु गरिएको थियो भने २०७५ मा देशलाई पूर्ण रूपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार तिहारको अवधिमा आन्तरिक विद्युत् उत्पादन करिब २५ सय मेगावाट हुने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन धेरै बढी भएकाले आपूर्ति व्यवस्थापन पूर्ण रूपमा सहज हुनेछ ।

बमकरज्ञद्धद्धण्हद्दघघबकmष्कद्दट(दगिभपख(द्द(ज्ञछज्ञण्द्दण्द्दटज्ञज्ञद्धछछज्ञ।वउन
वितरण तथा ग्राहक निर्देशनालयका प्रमुख राजन ढकालले तिहारमा बढी बिजुली खपत गर्ने उद्योगहरू बन्द रहने भएकाले घरेलु माग धान्न थप सहज हुने बताए । ढकालले भने, ुलक्ष्मीपूजाका दिन सबैभन्दा बढी बिजुली खपत हुन्छ, तर हामीसँग पर्याप्त आन्तरिक उत्पादन छ । निर्यातसमेत गरिरहेकाले माग बढे पनि कुनै समस्या हुँदैन ।ु

तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई निरन्तर र गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्राधिकरणले विशेष तयारी गरेको छ । कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतमा बसेको वरिष्ठ व्यवस्थापन टोली तथा प्रादेशिक कार्यालय प्रमुखहरूसँगको भर्चुअल बैठकले प्रणालीको निगरानी र जनशक्ति परिचालनबारे ठोस निर्णय गरेको छ ।

कहीँ कतै लाइन जाने वा ट्रिपिङ हुने समस्या देखिए तत्काल मर्मत गर्न मर्मतसम्भार टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ । साथै, उपभोक्ताका गुनासा सुन्न ुनो लाइटु सेवाका फोन नियमित रूपमा उठाउन र समस्या तुरुन्त समाधान गर्न प्राविधिकहरूलाई कडा निर्देशन दिइएको छ ।